टोकियो ओलम्पिकः ११० पदकका साथ तालिकाको अमेरिका शीर्ष स्थानमा
काठमाडाैं – टोकियो ओलम्पिकको पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ । अमेरिका ३८ स्वर्णसहित ११० पदकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
दोस्रो स्थानमा धकेलिएको चीनले पनि ३८ स्वर्ण नै जितेको छ । चीनले अहिलेसम्म ३८ स्वर्णसहित ८७ पदक जितेको छ । यसैगरी आयोजक देश जापान २७ स्वर्णसहित ५८ पदकका साथ तेस्रो स्थानमा छ ।
बेलायत २१ स्वर्णसहित तालिकाको चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्णसहित पाँचौँ स्थानमा छ। गएको ८ गते उद्घाटन भएको ३२ औं ग्रीष्मकालीन ओलम्पिक आज सकिँदैछ ।