१४६६१ परिक्षणमा थप ३६११ जनामा कोरोना पुष्टी, १८१६ जना कोरोनामुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४६७ जना र एन्टिजेन परीक्षणबाट ११४४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १४ हजार ६६१ जनाको परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ७८३ र एन्टिजेन परीक्षण ४ हजार ८७८ जनाको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १८१६ जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख ५३ हजार ६६३ जनामा संक्रमण पुष्टि भएको छ भने ६ लाख ५२ हजार २६१ जना निको भएका छन् । ९ हजार ८३४ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ ।