अदालतको आदेशपछि गगन भन्छन्, ‘फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस्’



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् । संसद पुनःस्थापनापछि प्रतिक्रिया दिँदै थापाले अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गर्न नपाइने बताएका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ । अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन । उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं । नत्र भिरबाट खस्नेलाई रामराम।’