नेपालकै पहिलो थ्रीडी आर्ट रेष्टुरेन्ट साउन ५ देखि खुल्ने



काठमाडौं । लकडाउन सुरू भएसँगै बन्कोद भएकाे नेपालकै पहिलो थ्री डी आर्ट रेष्टुरेन्ट सोमबार (साउन ५ गते) देखि आंशिक रुपमा खुल्ने भएको छ ।

विश्वमा फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि देखिएको सन्त्रासबीच सरकारले चैत ११ देखि लकडाउनको घोषणा गरेपछि चैत ९ गतेदेखि रेष्टुरेन्ट बन्द गरिएको थियो ।

देशभर लामो लकडाउनपछि सरकारले विशेष साबधानी अपनाउँदै सीमित सेवा प्रदान गर्नका लागि छुट दिएपछि ग्राहकहरुको स्वास्थ्य एवं सरकारको निर्देशनलाई पूर्णपालना गर्दै रेष्टुरेन्ट सञ्चालन गर्न लागिएको रेष्टुरेन्ट व्यवस्थापन पक्षले जनाएको छ । 

ग्राहकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर पूर्ण रूपमा डिस्इन्पेक्सन गरी सञ्चालनमा ल्याउन लागिएको रेष्टुरेन्टमा पहिलो चरणमा ‘होम डेलिभरी’ र ‘टेक अवे’को सेवा दिने तयारी गरिएको व्यवस्थापनले जनाएको छ ।

रेष्टुरेन्ट सञ्चालनपूर्व रेष्टुरेन्ट परिसरका साथै रेष्टुरेन्टका हरेक सामाग्रीहरुलाई पूर्ण रुपमा डिस्इन्फेक्सन गरिएको पनि जनाइएको छ ।  

थ्रीडीआर्टलाई खानामा मिश्रण गर्ने उद्देश्यले नेपालको रेष्टुरेन्ट क्षेत्रमा पहिलोपटक राजधानीको ललितपुरमा सञ्चालित वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट स्थापनाको छोटो समयमा नै राजधानीका खाना पारखीहरुमा लोकप्रिय बनेको थियो ।