लमजुङ केन्द्रविन्दु बनाउँदै एकाबिहानै भूकम्प

काठमाडौं । काठमाडौं उपत्यकामा एकाबिहानै भुकम्पको धक्का महसुस भएको छ ।

बिहान पौने ६ बजे भूकम्पको धक्का २ पटकसम्म गएको महसुस भएको हो । लमजुङको भुलभुले केन्द्रविन्दू भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको जनाइएको छ ।

उपत्यकालगायत धादिङ, नवलपुर, गोरखालगायतका क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *