आइतबार तोलामा ५०० ले बढ्यो सुनको मुल्य



काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आइतबार प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावीको सुनको मुल्य आज प्रतितोला ८६ हजार ७५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।