फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर ब्युरोको टोलीले उनलाई सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रसाईंलाई साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई केहीबेरअघि निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । पछिल्लो पटक पनि उनीमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *