बौंदीकाली कांग्रेस सभापतिमा राना निर्विरोध निर्वाचित

काठमाडौं — नेपाली कांग्रेस बौंदीकाली गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले डिल्लीराम रानाको सभापतित्वमा २१ सदस्यीय नेपाली कांग्रेस बौंदीकाली गाउँकार्य समिति सर्वसम्मत गठन गरेको छ ।

बौंदीकालीको वडा नं. २ स्थित डेढगाउँमा सम्पन्न अधिवेशनबाट दिलकुमार श्रेष्ठ र सिता अधिकारी उपसभापतिमा चयन भएका छन् भने सचिवमा राजु कँडेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सहसचविमा ओमबहादुर अस्लामी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा वडा नं. १ बाट यमबहादुर थापा मगर र बसन्धरा ढकाल, २ बाट रविन्द्र पाण्डे र धनकुमारी दमाई, ३ बाट भिम पुलामी र सुमित्रा विक, ४ बाट दानबहादुर मश्रांगी र एलिसा परियार, ५ बाट पदकुमारी राना, ६ बाट डिलमाया था मगर र कर्ण बहादुर रिसिमी निर्वाचित भएका छन् ।

त्यसैगरी युवातर्फ प्रकाश कार्की, दलिततर्फ केशव नेपाली, युवा महिलामा अस्मिता थापा, युवातर्फ आकाश राना मगर निर्वाचित भएका छन् ।

त्यसअघि यही ३ र ४ गते सम्पन्न वडा अधिवेशनबाट ६ वटै वडाहरुमा नयाँ कार्य समिति गठन भएको छ ।

वडा अधिवेशनबाट वडा नं. १ सभापतिमा हिरण्यलाल कँडेल, २ मा धनबहादुर दर्लामी मगर, ३ मा कुल बहादुर ठाडा मगर, ४ मा बेगबहादुर सिंजाली, ५ मा कर्ण बहादुर राना र ६ बाट खुमकुमार सारु सर्वसम्मत निर्वाचित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *