बुद्ध जयन्तीको कार्यक्रम सफल बनाउन रुद्र गणको अग्रणी भूमिका

लुम्बिनी — नेपाली सेनाको रुद्र गणले बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेको छ।

कार्यक्रमलाई सहज, व्यवस्थित तथा सफल बनाउन रुद्र गणका सदस्यहरू व्यवस्थापन, भीड नियन्त्रण, आगन्तुकलाई सहजीकरण तथा आवश्यक समन्वयमा खटिएका थिए। ठूलो संख्यामा सहभागीको उपस्थितिबीच कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक टोलीको भूमिका महत्वपूर्ण रहेको जनाइएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बुद्ध जयन्ती समारोहमा रुद्र गणको सक्रिय सहभागिताले सेवाभाव, अनुशासन र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *