प्रत्यक्षतर्फको १६५ सिटको मतगणना सकियो, कुन दलले कति ल्याए ?

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएको छ। सोमबार राति संखुवासभाको मतपरिणाम सार्वजनिक भएसँगै सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रको नतिजा आएको हो।

संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की निर्वाचित भएका छन्। कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगका अनुसार कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गर्दा शेर्पाले १५ हजार मत प्राप्त गरे।

सार्वजनिक अन्तिम नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १ सय २५ सिट जितेको छ। त्यसैगरी नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *