विमानस्थलबाट प्रहरी हवल्दार पक्राउ
काठमाडौं । एक पुरुषको ६० लाख लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत हवल्दार कर्ण बहादुर सुनारलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
आफूलाई सिआईबीको प्रहरी भएको बताउँदै हवल्दारसहितको टोलीले माघ १४ गते कीर्तिपुरका एक पुरुषको ६० लाख रुपैयाँ लुटेको अनुसन्धानमा देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
लुटमा संलग्न अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
