निर्वाचनको तयारीका लागि सर्वपक्षीय छलफल आज

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसहित सरोकारवाला पक्षसँग सर्वपक्षीय छलफल गर्ने भएको छ।

सोमबार आयोजना हुने छलफलमा राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग तथा अन्य सम्बद्ध निकायहरू सहभागी हुनेछन्। छलफलमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, व्यवस्थापन, आवश्यक कानुनी संशोधनलगायत विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिनेछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि पनि विभिन्न चरणमा यस्ता छलफल भए तापनि हालसम्मको प्रगति, तयारीको अवस्था र सरोकारवालाहरूको धारणा संकलन गर्न पुनः सर्वपक्षीय छलफल गर्न लागिएको हो।

उक्त छलफल सिंहदरबारमा आयोजना हुने आयोगले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *