ड्युटीमा जाँदै गरेका प्रहरी सहायक हवल्दार खड्काले गुमाए दुर्घटनामा ज्यान

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका-८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको ड्युटीमा जाने क्रममा भएको दुर्घटनामा परी ज्यान गएको जनाइएको छ ।

प्रहरीका अनुसार बुधबार राति विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा उनी सवार बा. प्र. ०२-०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई प्रहरीले उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो ।

उपचारकै क्रममा आज बिहान खड्काको मृत्यु भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *