सेनाका अवकाशप्राप्त ठाडाले गरे सुतिरहेकी श्रीमतीको हत्या
काठमाडौं । सुर्खेतमा एक श्रीमानले सुतीरहेकी श्रीमतीको हत्या गरेका छन् ।
वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।
उनले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
बेलुकाको खाना खाइसकेपछि श्रीमान दानसिंह र श्रीमती रविना मोबाइल हेरिरहेका बेला रविना निदाएपछि खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेको जनाइएको छ ।
दानसिंह नेपाली सेनाबाट अवकाश प्राप्त हुन् । उनको एउटा छोरो दुबईमा र एउटी छोरी जापानमा छन् । अर्की एउटी छोरी सुर्खेतमै छिन् ।
