यी ११ एसपी भए एसएसपी बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौ । नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि ११ जना प्रहरी उपरीक्षक (एसपी) सिफारिसमा परेका छन् ।

प्रहरी मुख्यालयमा बसेको बढुवा समितिले योग्य ठहर भएका ११ जना एसपीलाई एसएसपी पदका लागि सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिअनुसार सिफारिसमा परेका एसपीहरूमा तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *