यी हुन् असई श्रेष्ठ, जो रसुवा बाढीमा फसेकाको उद्धारमा जाँदा आफैं बचेनन्…

काठमाडौं । मंगलबार रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परि बेपत्ता हुनेको संख्या २० जना रहेको छ । तीमध्ये केहीको शव त्रिशुलीको किनारमा फेला पर्न थालेका छन् ।

सोही क्रममा चितवनको भरतपुर महानगरपालिकास्थित त्रिशुली किनारको १५ किलो भन्ने स्थानमा प्रहरी सहायक निरिक्षक (असई) लालबहादुर श्रेष्ठको शव फेला परेको छ ।

लेखापालका रुपमा कार्यरत श्रेष्ठ टिमुरे चौकीमा खटिएका थिए । लेखाको काम हेर्ने असई श्रेष्ठ अचानक आईलागेको बिपतमा अन्यको उद्धारमा खटिएका बेला आफैंले ज्यान गुमाउन पुगेका छन् । अचानक आएको बाढीमा परेकाको उद्धारमा खटिएका असई श्रेष्ठसहित ३ जना प्रहरी कर्मचारीहरुको सम्पर्कबिहीन भएकोमा उनको शव फेला परेको हो भने अन्यको अवस्था अझै अज्ञात छ ।

रामेछापको तामाकोशी स्थायी घर भएका उनको शवलाई श्रीमतीले पहिचान गरेपछि सनाखत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *