फाइनल प्रवेशका लागि नेपालले पायो ९१ रनको लक्ष्य
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले जितका लागि ९१ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले फिल्डिङ गरेको नेपालले आयोजक मलेशियालाई ४३.१ ओभरमा ९० रनमा अलआउट गर्दै फाइनल प्रवेशका लागि उक्त लक्ष्य पाएको हो ।
नेपालका लागि अभय यादवले ४ विकेट हात पारे । उनले १० ओभरमा १५ रन दिएर ४ विकेट हात पारेका थिए ।
त्यस्तै नेपालका लागि शुभम् खनालले १० ओभरमा १२ रन दिँदै ३ विकेट हात पारेका थिए ।
मलेशियाका लागि मोहम्मद फथुलले ३८ रन बनाएका थिए ।
