अपाङ्गता भएका एकल महिलाको अधिकारबारे पहिचान नेपालले चलायो बहस
काठमाडौं । पहिचान नेपालको आयोजनमा काठमाडौंमा अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाईएको छ । एकल महिलाभित्र पनि अपाङ्गता भएका एकल महिलाको हक अधिकार देखि आत्मनिर्भरता र आत्मसम्मानका लागि पैरबी गर्दै आइरहेको पहिचान नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सो दिवस मनाएको हो ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका एक महिला, त्यसभित्र पनि जातियरुपमा, भौगोलिक एवं सांस्कृतिक रुपमा कसरी बहुउत्पीडनमा परिरहेका छन् र उत्पीडनवाट मुक्तिका लागि आगामी दिनका कस्तो कार्यदिशाका साथ अगाडि बढ्ने भन्ने सन्दर्भमा वक्ताहरुले विचार राखेका थिए ।
राज्यले एकल महिला त चिन्छ तर अपाङगता भएका एकल महिलालाई चिन्दैन, पहिचान नेपालकी संस्थापक अध्यक्ष इच्छा केसीले भनिन्, यो वर्गलाई पनि अपाङ्गता आन्लदोलनको मूलप्रवाहीकरण गनुपर्ने आवश्यक्ता रहेको छ । चरम आर्थिक उत्पीडनमा अपाङ्गता भएका एकल महिलाहरु छन, साथ छैन, अपाङ्गतामैत्री, मुद्दालाई घर परिवार, समाज, स्थानीय सरकार देखि संघीय संरकार हुदै अन्तर्राष्ट्रियकरण गर्ने सन्दर्भमा पहिचान नेपाल लागिराखेको अध्यक्ष केसीको धारणा थियो अपाङ्गता भएका एकल महिलाको खास तथ्यांक छैन, अपाङ्गता भएका संघसंस्थालाई एकल महिलाबारे बुझाउनु जरुरी छ, मानवअधिकार आयोग अन्य सरोकारवाला निकायसम्म अपाङगता भएका महिलाको सवाललाई पुरयाउनका लागि संचार क्षेत्रको सहयोगको अपेक्षा समेत पहिचान नेपालले गरेको कार्यक्रममा बताईएको थियो ।
राज्यका स्रोत साधनमा पहुँच विस्तार गर्ने, राज्यका सबै अंगमा उनीहरुको समावेशीकरणको सुनिश्चितताका लागि आवाज उठाउने, अपाङ्गता भएका एकल महिलामैत्री समाज, संस्कार निर्माण गर्दै अपाङ्गता भएका एकल महिलालाई आत्मनिर्भर गराउँदै उनीहरुको आत्मसम्मान पूर्वक जीवन जिउने वातावरण तयार गर्ने लक्ष्य पहिचान नेपालको रहेको कार्यक्रममा बताईएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग तथा अपाङ्गता अधिकारको आन्दोलनका क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधहरुको समेत उपस्थिति रहेको थियो । उनीहरुले आफुहरु अपाङ्गता भएका एकल महिलाको मुद्वाका सन्दर्भमा संवेदनशिल रहेको धारणा राखेका थिए । एकल महिला हुनु र अपाङ्गता भएको एकल महिला हुनुमा धेरै फरक भएको भन्दै अपाङगता भएका एकल महिलाको अधिकार स्थापनाको अभियानमा हातेमालोका लागि पहिचान नेपालकी अध्यक्ष इच्छा केसीले अपिल गरेकी थिईन् ।
कार्यक्रममा अपाङ्गता सहितको एकल महिला भएरपनि विविधखाले चुनौतिको सामना एवं संघर्ष गर्दै अगाडि बढिरहेका २४ जना महिलालाई उनीहरुको साहस, सौर्य र उर्जाको कदर गर्दै सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका एकल महिलाले आफ्ना आफुहरुले भोग्नुपरेका घटनाबारे आ-आफ्ना अनुभव सुनाएका थिए । दुई दिने कार्यक्रमले अपाङ्गता भएका एकल महिलाको कानूनी अधिकार स्थापित गर्ने सन्दर्भदेखि रोजगारी र स्वरोजगारका सन्दर्भमा सम्भावना, चुनौति र आगामी मार्गचित्रका बारेमा मार्गनिर्देश गरेको पहिचान नेपालकी संस्थापक अध्यक्ष इच्छा केसीले बताईन् ।

