‘सरकारसँग जनताको जहाँ भेट भयो, त्यहाँ रिस उठी हाल्ने’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारसँग जनताको जहाँ भेट भयो, त्यहाँ रिस उठीहाल्ने बताएका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले सरकारले उपलब्ध गराउने सेवा सुविधा लिन लामो समय लाइनमा बस्नुपर्ने कुराबाट जनतालाई रिस उठ्ने बताएका हुन् ।
राज्यले उपलब्ध गराउने सेवा प्राप्त गर्न लामो समय लाईनमा बस्नुपर्ने कुराबाट जनता आजित बनेको बताए ।
सेवा प्राप्त गर्न ‘कि लाइनमा बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्ने बताउँदै उनले भने, ‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ । सरकारसँग जहाँ भेटभयो त्यहाँ रिस उठिहाल्छ । सरकार भनेको अलओभर राज्य हो ।’
