

‘वी नेपाल क्राफ्ट्स’को नयाँ आउटलेट मध्यबानेश्वरमा

काठमाडौं । शारिरीक रूपमा सबल नरहेका महिलाहरुको सशक्तिकरणका लागि लामोसमयदेखि काम गर्दै आइरहेको ‘वी नेपाल क्राफ्ट्स’को नयाँ आउटलेट सञ्चालनमा आएको छ ।
राजधानीको मध्यबानेश्वरमा सञ्चालनमा आएको उक्त आउटलेटको रोटरी क्लब नेपालको पहिलो महिला डिस्ट्रिक्ट गभर्नर जयाराज्य लक्ष्मी शाहले उद्घाटन गरेकी थिइन् ।
आउटलेटको उद्घाटन गर्दै शाहले संस्थाको यस कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै शारिरीक रूपमा सबल नरहेका महिलाहरुको सशक्तिकरणका लागि संस्थाको यस किसिमको कार्यबाट आफू ज्यादै प्रभावित भएको समेत बताउँदै आउटलेटको सफलताका लागि शुभकामना समेत प्रदान गरिन् ।
संस्थाले शारिरीक रूपमा सबल नरहेका भएका महिलाहरुलाई विभिन्न तालिम प्रदान गरि उनीहरुले बनाउँदै आएका विभिन्न प्रयोगजन्य हस्तकलाका सामाग्रीहरुलाई एकै स्थानबाट ग्राहक पुर्याउने उद्देश्यसहित आउटलेट सञ्चालन गरिएको हो ।
उक्त संस्थाले शारिरीक रूपमा सबल नरहेका महिलाहरुलाई विभिन्न तालिम प्रदान गरी सामाग्री उत्पादन गरि बिक्री गरी सो बापतको रकम महिलाहरुको सशक्तिकरणकै लागि प्रयोग गर्दै आइरहेको छ ।
आउटलेटबाट उत्पादित सामाग्रीहरुको बजारीकरणका लागि सहज हुने अपेक्षा लिएको बताउँदै रोटरी क्लब अफ तीनकुनेकी प्रेसिडेन्ट इलेक्टसमेत रहेकी साबित्री (साबु) पौड्यालले आउटलेट सञ्चालन गर्न पाउँदा आफू उत्साहित भएको बताइन् ।
उक्त अवसरमा रोटरियन शारदा पोखरेल, रोटरी क्लब अफ तीनकुने काठमाडौंका चार्टड प्रेसिडेन्ट तिलक तिवारी, रोटरियन समृद्धि राणालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।