

गृहमन्त्रीविरुद्ध जबरजस्ती अफवाह फैलाइयोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ ।
आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’
उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।