

सेनाका प्युठ पाैडेलले गरे झुण्डिएर आत्महत्या

झापा । चारआली व्यारेकस्थित अरिदमन गणका एकजना सैनिक मृत भेटिएका छन् ।
अरिदमन गणमा कार्यरत प्यूठ रामकुमार पौडेलले बिर्तामोड बसपार्कस्थित होटल भैरवीमा बिहीबार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
ओखलढुङ्गा घर भएका उनले अर्जुनधारा-११ स्थित नयाँ बसपार्कको भैरबी होटलको दोस्रो तलामा रहेको कोठा नं. ३ को सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
होटलका सञ्चालक तुलसीराम श्रेष्ठले देखेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।