म्यानमार विपत्तिमा मल्हम लगाउँदै नेपाली सेना, यसरी गर्दैछन् घाइतेको उपचार (फोटोफिचर)

काठमाडौं । मुलुकमा आईपर्ने विपत्तिमा सधैं अग्रपंक्तिमा रहने नेपाली सेना विश्वका कुनै पनि भूभागको विपत्तिमा पनि सहायक सिद्ध हुने गरेको छ । यसै क्रममा अघिल्लो साता म्यानमारमा गएको विनाशकारी भूकम्पका घाइतेहरुलाई नेपाली सेनाको २२ सदस्यीय चिकित्सकीय टोलीले स्वास्थ्य उपचार प्रदान गरिरहेको छ ।

मित्रराष्ट्र म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका परी घाइते भएकाहरूको स्वास्थ्य उपचारको सिलसिलमा नेपाली सेनाको चिकित्सकीय टोलीले म्यानमारको मन्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी प्रभावितहरुलाई स्वास्थ्य सहायता प्रदान गरिरहेको हो ।

गत शुक्रबार गएको ७.७ म्याग्ननिच्यूडको भूकम्पका कारण ठूलो क्षति व्यहोरेको म्यानमारका लागि स्वास्थ्य राहत लिएर नेपाली सेनाको टोली प्रस्थान गरेको थियो ।

सेनाको विमानद्वारा प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली म्यानमारतर्फ पठाइएको छ। उक्त टोलीमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम, र ६ जना क्रु मेम्बर छन्। त्यसैगरी जरूरी उपकरणरूसहित गएको सेनाको टोली म्यानमारका भूकम्प पीडितहरूको उपचार सेवामा एक साता खटिने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *