शिक्षककै छोरी आकांक्षाले किन गरिन् आत्महत्या ?

बझाङ । बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत भेटिएकी छन्।

केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षाले मंगलबार साँझ घरकै कोठामा मृत भेटिएकी हुन्।

उनले आत्महत्या गरेको बताइएको छ। बझाङका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिवार्य विज्ञानको परीक्षा दिएर घर आएकी थिइन्।

‘मंगलबार बिहान परीक्षा दिएर फर्किएकी उनी साँझ घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्,’ भण्डारीले भने, ‘साथमा ‘सुसाइड नोट’ पनि भेटिएको छ। अरु कसैले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ। तर कारण उल्लेख गरिएको छैन।’

भण्डारीका अनुसार परीक्षा बिग्रिएका कारण मल्लले आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

उनी केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत थिइन्। उनका बुवा पनि उक्त विद्यालयका शिक्षकका रुपमा कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *