

सेनाको ब्रिगेडियर जर्नेलमा २ र ७ जना कर्णेलमा बढुवा, को–को भए कर्णेल ?

काठमाडौं । सरकारले नेपाली सेनाको ब्रिगेडियर जर्नेल (सहायक रथी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रीपरिषद्ले रिक्त ७ जना महासेनानी (कर्णेल) मा बढुवा गर्ने निर्णय भएको छ।
सोमबार बसेको मन्त्रि परिषद बैठकले ७ जनालाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) बाट कर्णेलमा बढुवा गर्ने निर्णय गरेको हो।
कर्णेलमा बढुवा हुनेमा विजय बस्नेत, प्रदीप थापा, कन्चनकृष्ण बस्नेत, जीवन शर्मा, प्रज्वल थापा, विकास केसी र चन्द्रशेखर काप्री रहेका छन्।
त्यस्तै मन्त्रीपरिषद् बैठकले १४ जना ब्रिगेडियर जर्नेलहरुको सरुवा गर्ने समेत निर्णय गरेको छ ।