अमेरिकाले गर्यो एक महिलासहित यी ८ जना नेपाली डिपोर्ट, आइपुगे चार्टड जहाजबाट काठमाडाैं



काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीहरू लिएर आएको विमान काठमाडौं आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब १० बजे अवतरण गरेको उक्त विमानमा ८ जना नेपाली रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

स्रोतका अनुसार नेपाल फर्काइएकामा सुष्मा घर्ती, लक्ष्मण कालेल, सुकमार पुनमगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती, कमल प्रकाश ओली र तीर्थ बहादुर थापा रहेका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै अवैधानिक आप्रवासीविरुद्ध कडा नीति अपनाइँदै आएको थियो, जसलाई हालसम्म निरन्तरता दिइएको छ ।

नेपाल मात्र नभई, अमेरिका अन्य विभिन्न देशका अवैधानिक आप्रवासीहरूलाई समेत उनीहरूको मूल देश फर्काइरहेको छ ।