

चार्टड जहाजमार्फत् अमेरिकाबाट नेपाल फर्काइँदै १० नेपाली, बिहान १० बजे आइपुग्ने

काठमाडौं । अवैध आप्रवासीप्रति कडा रुपमा प्रस्तुत भएको अमेरिकाबाट आधिकारिक कागजात नभएका १० नेपाली आज स्वदेश फर्कँदैछन् ।
अमेरिकी सरकारले आधिकारिक कागजात नभएका १० नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं फर्काउन लागेको हो ।
अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिममार्फत बुधबार बिहान १० बजे अवतरण गर्ने जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता कागजातविहीन नेपाली आउनेक्रम जारी छ । ट्रम्पको कार्यकाल सुरु भएयता विमान नै चार्टर गरेर नेपालीलाई फर्काउन लागिएको यो पहिलोपटक भएको जनाइएको छ ।