उपलब्धीमूलक भारत भ्रमणबाट फर्किए उर्जामन्त्री खड्का



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री दिपक खड्का चार दिने भारत भ्रमणबाट स्वदेश फर्किएका छन् ।

‘इण्डिया इनर्जी विक–२०२५’ मा सहभागी हुनका लागि भारत गएका मन्त्री खड्का बिहीबार साँझ स्वदेश फर्किएका हुन् ।

मन्त्री खड्काको यसपटकको भारत भ्रमण नेपालको ऊर्जा क्षेत्रलाई महत्वपूर्ण उपलब्धी सावित भएको छ । मन्त्री खड्काले भारतका उच्च पदाधिकारीहरूसँग ऊर्जा सहकार्यबारे महत्त्वपूर्ण छलफल गरी स्वदेश फर्किएको जनाएका छन् ।

May be an image of 9 people and table

उनले भारत भ्रमणका क्रममा भारतको ऊर्जा सप्ताहले नयाँ प्रविधिको प्रयोगमार्फत कार्बन न्यूनीकरण, स्वच्छ खाना पकाउने प्रविधि र ऊर्जा पहुँच अन्तर का विषयमा गहन बहस भएको समेत जनाए ।

भारतमा रहँदा मन्त्री खड्काले भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल, र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँगको भेटवार्ता फलदायी रह्यो ।

May be an image of 5 people

साथै लामोसमयदेखि अन्यौलमा रहेको नेपालका गौरवका आयोजनाका बारेमा पनि छलफल भएको मन्त्री खड्काले जनाए । उनका अनुसार पञ्चेश्वर, सप्तकोशी बहुउद्देश्यीय आयोजना लगायत नेपाल(भारत ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा पनि सहमति भएको छ।