मःम पसलमा सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते



काठमाडौं  । काठमाडौंको कमलपोखरीस्थित एक मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

कमलपोखरीस्थित शानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । केही घाइतेहरुलाई उपचारका लागि हिमाल अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार केही घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।