यु-१९ महिला टी-२० विश्वकपः नेपालले आज बंगलादेशको सामना गर्दै 

काठमाडौं । नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपकाे पहिलाे खेल आज खेल्दैछ ।

नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेकाे हाे । गत शनिवार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेकाे नेपाली टोलीले आज बंगलादेशसँग पहिलाे खेल खेल्न लागेकाे हाे ।

मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा साे खेल हुनेछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो ।

विश्वकप अघिकाे पहिलाे अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएकाे नेपाल दाेस्राे अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएकाे थियाे ।

१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।  नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ प्रतिद्वन्द्वी हुन् , जसअनुसार नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ  भने  माघ ७ मा स्कटल्यान्ड र माघ ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली

पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *