विपद् तालिम प्राप्त प्रहरीले निकाल्यो इनारमा डुवेका चौधरीको शव
दाङ । दाङमा इनारमा डुबेको अवस्थामा एक युवक मृत भेटिएका छन् ।
असोज ३० गतेदेखि सम्पर्कबिहीन भएका तुलसीपुर उपमहानगरपालिका वडा नं— २ कुमलगडी निवासी २९ बर्षीय रजमान चौधरी इनारमा देखिएपछि प्रहरीले कुवाबाट निकाल्दा मृतावस्थामा भेटिएका हुन् ।
लुम्बिनी प्रदेश विपद् ब्यवस्थापन कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक (सई) बालाराम केसीलगायतको टोलीले इनारबाट उनको शव निकालेको थियो ।
आफ्नै घरको इनारमा डुबेको अवस्थामा फेला परेका चौधरीको शव सई केसीसहित प्रहरी हवल्दार हरि घर्तिमगर, प्रहरी सहायक हवल्दार धन बहादुर चलाउने र प्रहरी जवानद्वय भिम क्षेत्री र विशास सुनारको टोलीले निकालेका थिए ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।