सहकारी ठगीको अभियोगमा पूर्व डिआईजी जोशी पक्राउ



काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधानका एक जना उच्च अधिकृतले बताए ।

सहकारी ठगी छानबिन समितिको निर्देशन कार्यान्वयन गर्नका लागि गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष टोलीले जोशीलाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको स्रोतले जनाएको छ ।

प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।