नेपाल प्रहरीका ३ डीआइजीको सरूवा, को-कहाँ पुगे ? (सूचनासहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरूको काज तथा एक जनाको सरुवा गरेको छ।

गृह मन्त्रालयले सोमबार डीआइजीहरू कृष्णहरि शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहोराको काज तथा सरुवा गरेको हो।

जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआइजी पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडा सरुवा गरिएको छ।

केन्द्रीय अनुसन्धान व्युरोका डीआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र बोहोरालाई कार्यविभागबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा काज सरुवा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *