सेनाको जर्नेल र कर्णेलमा बढुवा, को-को भए बढुवा ?



काठमाडौं । सरकारले नेपाली सेनाका आधा दर्जनबढी उच्च अधिकारीहरुलाई बढुवा गरेको छ ।

साउन १२ गतेको मन्त्रिपरिषद बैठकले सेनाका १ जना सहायक रथीलाई उपरथी (मेजर जनरल) पदमा, ४ जना महासेनानीलाई सहायक रथी (ब्रिगेडियर जर्नेल) पदमा, १ जना प्रमुख सेनानीलाई महासेनानी (कर्णेल) पदमा र १ जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सैनिक उच्च स्रोतका अनुसार सहायक रथी मधुकरसिंह कार्की जर्नेल मा बढुवा भएका हुन् ।

यस्तै महासेनानी अमृतकाजी गुरूङ, जगदीश खड्का, चुलेन्द्र थापा ब्रिगेडियर जर्नेलमा बढुवा भएका हुन् ।

प्राविधिक समूहका महासेनानी डा. समीर पनि ब्रिगेडियर जर्नेलमा बढुवा भएका हुन् ।