सैनिक जवान मिजारले गरे आफैंलाई गोली हानी आत्महत्या



नवलपरासी । पूर्वी नवलपरासीको अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

२२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेका हुन् ।

अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरझुला पोस्टमा कार्यरत थिए ।

घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो ।

आत्महत्याको कारण भने खुलेको छैन ।