टेम्पो दुर्घटनामा एकको मृत्यु



इलाम – इलाममा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा टेम्पो चालक इलाम–९ का २० वर्षीय अविकल सुन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टेम्पोमा सवार २० वर्षीय सचिन सुन्दास घाइते भएका छन् ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–८ तिल्केनीमा गोलाखर्क जाँदै गरेको मे १ ह ३०२२ नम्बरको टेम्पो सोमबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो ।