चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीसहित आफूलाई पनि लगाए आगो, २ छोरी गम्भीर



काठमाडौं । चाबहिलको सरस्वतीनगरमा एक जना पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् ।

काठमाडौंको चाबहिलको सरस्वतीनगरका ५५ वर्षीय चञ्ञलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएका हुन् ।

उनले आफैंलाई पनि आगो लगाएका छन् । सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको काठमाडौं प्रहरी वृत्त गौशालाले जनाएको छ ।

उनले श्रीमतीसहित छोरीहरू सुप्रिया, समृद्धि र सुहानीमाथि मट्टितेल छर्केर आगो लगाएका हुन् ।

आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये २ छोरीहरू गम्भीर रहेको जनाइएको छ ।

सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए।