रामपुर रजघरामा जिप र मोटरसाइकल ठोक्कियो, २ जना गम्भीर घाइते



पाल्पा । रामपुर नगरपालिकाको रजघरामा जिप र मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन् ।

रामपुरबाट कावासोती जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र लु २१ प २९०७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाईकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षिय सुनिल वि.क. र सोही मोटरसाईकलमा सवार उनका ४० वर्षिय आमा सेती वि.क. घाईते भएका छन् ।

घटनास्थलबाट घाइतेको उद्धार गरी रामपुर अस्पतालमा उपचारका लागि लगिएको छ ।