डा. प्रतिभा घरमै झुण्डिएको अवस्थामा मृतावस्थामा फेला



काठमाडौं । काठमाडौंको छाउनीमा एक चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौं –१३ छाउनीस्थित घरमै सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् ।

उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।