‘अरुले भन्दा बढी मैले प्रचण्डलाई चिनेको छु, त्यसैले विश्वासको मत दिदिनँ’



काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने जनाएका छन् ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसँग अन्य राजनीतिक दलले भन्दा बढी संगत गरेको जनाउँदै केसीले यसअघि संसदका ९९ प्रतिशतले विश्वासको मत दिँदासमेत आफ्नो दलले विश्वासको मत नदिएको प्रसंग उठाउँदै आफूले यसपटक पनि विश्वासको मत नदिने जनाएका हुन् ।

उनले बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै माछा बेच्ने र किन्नेको प्रसङ्ग निकाल्दै दुई वटा नागरिकता र पासपोर्ट भएकालाई गठबन्धनकै बलमा गृहमन्त्री बनाएको होइन ? भनेर प्रश्न गरे ।

‘राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी चोर्ने राजनीतिक नेताको समर्थन नभई मिटरब्याजीले त्यो बदमासी गरेका छन् ?’, केसीले त्यस्तालाई विश्वासको मत नदिने बताए ।