कुशलको अलराउण्ड प्रदर्शनका साथ नेपाल विजयी, ५९ रन बनाउनुका साथै ४ विकेट हात पारे



काठमाडौं । हङकङमा जारी त्रिकोणत्मक टी–२० मा नेपालले पपुवान्युगिनीविरुद्ध जित हात पारेको छ ।

कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनका साथ नेपालले पीएनजीविरुद्ध ८५ रनको जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ५९ रन बनाएका थिए भने बलिङतर्फ ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट समेत लिएका थिए ।

नेपालले दिएको १९९ रन पछ्याउने क्रममा पिएनजी ११३ रनमा अलआउट भएको थियो ।