शालिनीको मृत्युको कारण ‘ह्याङ्गिङ’: पोस्टमार्टम रिपोर्ट



काठमाडौ । चितवन रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी सालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । रिपोर्टमा सालिनलाई बलात्कार गरेको शव परीक्षणबाट नदेखिएको उल्लेख छ ।

१४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको एक चिकित्सकले बताए । कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’ त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् ।

यता सालिनको परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् ।