नामिबियाविरूद्ध फिल्डिङ गर्दै नेपाल



काठमाडौं । टी २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको हो ।

नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स पनि आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा छनोट भएका छन् । त्यसैले मंगलबारदेखि सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाले यी तीनवटै राष्ट्रलाई सहयोग पुग्नेछ ।

त्रिकोणात्मक टी–२० शृंखलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । पहिलो खेल मंगलबार नेपाल र नामिबियाबिच खेलिने छ । खेल विहान ११ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबिच तेस्रो खेल हुनेछ । मार्च १ तारिखमा नेपाल र नामिबियाबिच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ । छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबिच खेलिने छ ।