नेपाल २ विकेटले पराजित



काठमाडौं । आईसिसी विश्व लिग–२ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ ।

कीर्तिपुरमा जारी त्रिदेशीय खेलमा नेपाल नामिबियासँग दोसोपटक पराजित भएको हो ।

यसअघि पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आजको खेलमा २ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा १६८ रन बनाउँदै सबै विकेट गुमाएपछि १६९ रनको लक्ष्यका साथ ब्याटिङका लागि मैदानमा उत्रिएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेपछि नेपालको पहिलो खेलको बदला लिने आशा तुसारापात भएको थियो ।

नामिबियाका लागि गेरहार्ड इरासमसले ५२ रन बनाएका थिए भने माइकले मान लिङदेनले ३१ रन बनाएका थिए । जेजे स्मिथले ३४ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिएका थिए भने दिपेन्द्र सिं ऐरी, कुशल मल्ल, रोहित पौडेल, ललित राजवंशीले १/१ विकेट लिएका थिए ।

त्यसअघि नेपालका लागि आशिफ शेखले अर्धशतकीय पारीका साग ५८ रन बनाएका थिए भने कुशल मल्लले ३६ न बनाएका थिए । त्यस्तै भिस सार्कीले २६ रन बनाउँदा कुशल भुर्तेलले १८ रन बनाएका थिए ।

नेपालले यसअघि पहिलो खेलमा पनि नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको जित हात पारेको थियो ।