वाफ वुमेन्स च्याम्पियनसिपः सिरियाविरुद्ध नेपालको शानदार जित



काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल सिरियाविरुद्ध ४–१ ले विजयी भएको छ ।

खेलको पहिलो हाफमा नेपालले सिरियाविरुद्ध ३–१ को अग्रता हासिल गरेको थियो भने हाफ टाइमपछि नेपालले थप एक गोल गरेको हो । नेपालले १०औँ, १३औँ र १९औँ मिनेटमा गोल गर्दै टिमलाई मजबुत अवस्थामा लगेको छ ।

नेपालको लागि नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले एक—एक गोल गरे । तर पहिलो हाफको ४३ औँ मिनेटमा सिरियाले गोल फर्काउँदै पहिलो हाफ ३–१ को अवस्थामा पु¥याउन सफल भएको छ ।

त्यस्तै खेलको दोस्रो हाफमा नेपालको तर्फबाट थप एक गोल भएको थियो । खेलको ६८ औं मिनेटमा नेपालका तर्फबाट रेखा पौडेलले चौथो गोल भएको थियो । त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन र नेपालले नतिजा आप्mनो पक्षमा पारेको हो ।

प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा सिरिया सहित प्यालेस्टाइन र इराक छन् । नेपालले समूह चरणको खेलमा बिहीबार इराक र शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।