चम्किए आकाश, नेपाललाई दिलाए पाँचाैं सफलता



काठमाडौं । आकाश चन्द चम्किँदा नेपालले अफगानिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ ।

आईसीसी यू–१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध ९.१ ओभरमा ५ विकेट लिइसकेको छ ।

नेपालका लागि आकाश चन्दले ४ विकेट लिएका छन् भने गुल्सन झा ले १ विकेट लिएका छन् ।

विकेटकिपर नुमान शाह र खालिद तानिवालले खाता नखोली आउट भए। नेपालका गुल्सन झा र आकाश चन्दले एक एक विकेट हात पारे।

त्यस्तै अफगानिस्तानका जमशिद जर्दान ३ रन र सोहिल खान जुर्मती ४ रन बनाउँदै आउट भएका छन् ।

अफगानिस्तान अहिले ९.१ ओभरमा ५ विकेट गुमाउँदै ३४ रन बनाएर खेलिरहेको छ ।