पुलिस बन्यो च्याम्पियन, सशस्त्र उपविजेता



काठमाडौं । विभागी टोली नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बिहीबार भएको फाइनलमा एपीएफलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

सुर्खेतस्थित खुल्लामञ्चको कोर्टमा पहिलो सेट २५–२२ ले जितेको एपीएफले तगातार तीन सेट गुमायो ।

दोस्रो सेटबाट पुलिसले पुनरागमन गर्यो । पुलिसले दोस्रो सेट २५–१९ मा जित्दा तेस्रो सेटमा २५–१८ मा आफ्नो बनायो ।

निकैनै रोमाञ्चक बनेको खेलको चौथो सेटमा २५–२३ को जित निकाल्दै पुलिस च्याम्पियन बनेको छ ।

प्रतियोगितामा अर्को विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथोमा चित्त बुझाएको थियो । गण्डकीसँग पराजित हुँदै आर्मी चौथो भएको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रविन चन्द घोषित भएका थिए ।