गुल्सनको शानदार शतकसहित विश्वकप अघि स्कटल्यान्डविरूद्ध नेपाल विजयी



काठमाडौं । आइसीसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले वाम-अप खेलमा स्कटल्यान्डमाथि शानदार जित निकालेको छ ।

नेपालले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा १ सय ४९ रनमै समेटियो ।

बलिङतर्फ नेपालले तिलकराज भण्डारी ३ र आकाश चन्दले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थिए ।

नेपालका लागि गुल्सन झाले १ सय १४ रनको शतकीय इनिङ खेले । दिपक बोहराले नटआउट ५८ रनको योगदान दिए ।

विश्वकप अघि नेपालले स्कटल्यान्डसँग अनौपचारिक वार्म अफ खेल खेलेको हो । नेपालले जनवरी १३ मा स्कटल्यान्डसँग र जनवरी १६ मा वेष्ट इन्डिजसंग वार्म अफ खेल खेल्नेछ ।