पूर्व प्रहरी अधिकृत तिम्सिना लेख्छन्, ‘तल्ला तहका प्रहरीमाथि कारबाही गरेर आफू ओभानो नबने हुन्छ’



काठमाडाैं । बालकुमारी घटनामा नेपाल प्रहरीको नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवाज उठेको छ । नेपाल प्रहरीमा कार्यरत रहँदा सफल मानिएका आभुषण तिम्सिनाले सामाजिक सञ्जालमा बालकुमारी घटनामा प्रहरी नेतृत्व पानीमाथिको ओभानो बनेर तल्ला तहका कर्मचारीलाई कारबाही गरेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘ प्रहरीको नालायक नेतृत्वले जहिले पनि तलका दर्जाका प्रहरीलाई फिल्डमा खटाउने, आफु वातानुकुलित कार्यालय र मोटरमा हुइकिने अनि अलिकति तल माथि पर्यो कि तल खटेका प्रहरी कर्मचारिलाई निलम्बन गर्ने, कारबाहि गर्ने जस्ता मानसिक यातना हुने काम गर्दै आएको कुरा जहिले सुकै प्रमाणित गर्न सकिन्छ।’

उनले संगठनको नेतृत्व गरेका व्यक्तिले सही तरिकाले प्रहरी परिचालन गर्न नसक्दा अनाहकमा हिजोको दिनमा टिकापुर घटना र आज बालकुमारी घटना भएको बताउँदै भनेका छन्,  ‘सहि तरिकाले प्रहरी परिचालन गर्छु, कानुन र न्यायको पालना गर्छू भनेर नेतृत्वमा जानेले सहि तरिकाले प्रहरी परिचालन नगरेको कारणले हिजो टिकापुर घटना भएको थियो भने आज बालकुमारि घटनामा निर्दोश युवाको ज्यान गएको छ भने फिल्डमा खटिएका प्रहरीलाई निलम्बन गरिएको छ। यो घटनाको जिम्मेवारि लिनुपर्ने प्रहरी नेतृत्वले चाहि राजिनामा दिनुपर्ने हो ।’

उनी लेख्छन्,

जब जब कुनै ठुलो घटना हुने सम्भावना बढेर जान्छ तब तब सडकमा प्रहरि तैनाथ गरिन्छ, गरिनुपर्छ। बालकुमारिको घटनामा पनि प्रहरीलाई खटाइएको थियो। खटाउने कुराको जिम्मेवारि गृहमन्त्री या गृह सचिबले लिउन या नलिउन त्यो टाउको दुखाइको बिषय होइन तर प्रहरीको टोली खटाउने कुराको नैतिक, ब्याबसायिक र अभिभावकीय जिम्मेवारि प्रहरीको नेतृत्वले लिनुपर्छ। तर प्रहरीको नालायक नेतृत्वले जहिले पनि तलका दर्जाका प्रहरीलाई फिल्डमा खटाउने, आफु वातानुकुलित कार्यालय र मोटरमा हुइकिने अनि अलिकति तल माथि पर्यो कि तल खटेका प्रहरी कर्मचारिलाई निलम्बन गर्ने, कारबाहि गर्ने जस्ता मानसिक यातना हुने काम गर्दै आएको कुरा जहिले सुकै प्रमाणित गर्न सकिन्छ। हुलको मनोविज्ञान कसैले मापन गर्न सक्दैन। काबु बाहिरको परिस्थिति कुनै पनि बेला बिकसित हुन सक्छ र त्यो परिस्थितिमा प्रहरीले आफुसँग भएको अन्तिम अस्त्र प्रयोग गर्नै पर्छ। अहिले २०८० साल हो। यो २०४६ साल होइन। अश्रु ग्याँस र रबर बुलेटले मात्रै भिड नियन्त्रण हुनै सक्दैन। भीड नियन्त्रणको मानव अधिकार संरक्षणको पाटोलाई दृष्टिगत गर्ने हो भने जहिले पनि मानव अधिकारको उल्लंघन हुन नदिने र जनधनको क्षति हुन नदिने हो भने भीड भन्दा धेरै ठुलो संख्यामा प्रहरी परिचालित गर्नुपर्ने हुन्छ। तर कहिले काहि यस्तो परिस्थिति उत्पन्न हुन जान्छ कि प्रहरीको संख्या न्यून; भीडको संख्या र आक्रोस धेरै गुणा बढि भएर परिस्थितिको बिकास हुन जान्छ र बाध्य भएर प्रहरीले गोली चलाउनुपर्ने हुन्छ। आत्म रक्षाको अधिकार प्रहरीलाई पनि कानुनले दिएको छ। सुरक्षाको सिद्धान्तले आफु असुरक्षित भएर सुरक्षा दिनु भन्दैन। आफू सुरक्षित भएर सुरक्षा दिने हो। भनाइ छ- ” छ जना मानिसको काँधमा बोकिनु भन्दा, छ जना मानिसको जुरि फेस गर्ने हो”। तर नालायक प्रहरी नेतृत्वले कुनै घटनाको जिम्मेवारि नलिने अनि तलका प्रहरीलाई निलम्बन र कारबाहि गर्ने नियम नै बनाएको छ। सहि तरिकाले प्रहरी परिचालन गर्छु, कानुन र न्यायको पालना गर्छू भनेर नेतृत्वमा जानेले सहि तरिकाले प्रहरी परिचालन नगरेको कारणले हिजो टिकापुर घटना भएको थियो भने आज बालकुमारि घटनामा निर्दोश युवाको ज्यान गएको छ भने फिल्डमा खटिएका प्रहरीलाई निलम्बन गरिएको छ। यो घटनाको जिम्मेवारि लिनुपर्ने प्रहरी नेतृत्वले चाहि राजिनामा दिनुपर्ने हो तर तलका प्रहरीलाई कारवाहि गरेर आफु पानी मुनिको ओभानो बन्ने अहिलेको प्रहरी नेतृत्वले कुनै दिन नेतृत्वको नैतिकता के हो भनेर पाठशालामा गएर पढेर आएर राजिनामा दिएर बसे बेस हुनछ निम्न दर्जाका प्रहरी कर्मचारिलाई मैले गलत तरिकाले परिचालन गरे भनेर किनकि गृह मन्त्रालय ले नेपाल प्रहरीको महानिरीक्षकलाई मात्रै चिन्छ बाँकि कसैलाई चिन्दैन संस्थागत हिसाबले। गृह मन्त्रालय या सरकारले प्रहरी महानिरीक्षकलाई मात्रै चिन्छ भन्ने कुराको सबै भन्दा ठुलो प्रमाण भनेको बजेट चलाउने अख्तियारि केबल प्रहरी महानिरीक्षकलाई दिएको हुन्छ अर्थ मन्त्रालयले । पछि महानिरीक्षकले आफ्नो अख्तियारि अरुलाई प्रदान गर्ने हो। त्यसैले बालकुमारी घटनाको जिम्मेवारि प्रहरी महानिरीक्षकले लिएर निलम्बन गरिएका या गर्ने तयारि गरिएका प्रहरीलाई कुनै कारवाहि गरिनु हुन्न।