तपाईं काठमाडौंको कुन क्षेत्रमा हुनुहुन्छ, आज यी स्थानमा जाँदैछ है साढे ४ घन्टासम्म बत्ति

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा आज चार घन्टादेखि साढे ४ घन्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

११ केभी मुलपानी सब-स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउन गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज चार घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

काम निर्धारित समयअघि नै सकिए विद्युत लाइन सुरू हुने प्राधिकरणले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *